पेट्रोलियम पदार्थको मुल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल–मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
निगमले भारतबाट पेट्रोलमा २.५४ रुपैयाँले र डिजेलमा ६.५३ रुपैयाँले बढेर आएकोले निगमले मुल्य बढाएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको प्रति लिटर १६१ र डिजेल–मट्टीतेल प्रति लिटर १४७ भएको निगमले जनाएको छ ।
































