दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित मंसिर १२ गते गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारण सभामा साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने, आईपीओ जारी गर्नका लागि पूँजी संरचना वृद्धि सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, समान उद्देश्य भएका कम्पनीसँग मर्जर लागि र थप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

यसका साथै गत आर्थिक वर्षको अध्यक्षद्वारा पेश गरिने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल तथा स्वीकृत गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि तय गरिएको छ।

IME Lifesidebar
kumari