stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएकाले यसको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्दैछ। जसमध्ये २० प्रतिशत (१० कित्ताका लागि २ कित्ता) बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

यो लाभांश पारित गर्नका लागि यही कात्तिक ३० गते आइतबार पर्सा जिल्लाको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि कम्पनीको २५औं वार्षिक साधारण सभा बस्दैछ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ५ सञ्चालकको अवधि ४ वर्ष थप्ने, कम्पनीको ब्राण्डका मदिरा उत्पादन अरू कम्पनीबाट पनि गर्ने गरी सम्झौता गर्ने र सञ्चालक समितिका सदस्यको दुर्घटना तथा औषधोपचार सेवा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी बोनस शेयर वितरणछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

prabhu mahalaxmi
kumari