stcnepal long ad
Himalayan bank
national life

डिजेल र मट्टितेलको मूल्य एक रुपियाँले घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णय अनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।

आज राति १ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

kumari bank
kumari
nawakantipur long