stcnepal long ad
national life

श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको आइपीओ आज बुधबार बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँट गरिएको हो। आइपीओ बाँडफाँट कार्यक्रम बिहान साढे १० बजे राखिएको थियो।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आइपीओ निष्कासन गरेको थियो। यो आइपीओमा १८ लाख ९८ हजार ३३३ आवेदकबाट कुल २ करोड ५ लाख ६८ हजार २१० कित्ता माग भएको छ।

कुल मागमध्ये १८ लाख ६९ हजार ३३० आवेदकबाट माग भएको कुल २ करोड २ लाख ५० हजार ५१० कित्ता सदर भएको छ भने २६ हजार ६३६ आवेदकबाट माग भएको ३ लाख १७ हजार ७०० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट गरिएको थियो। जसमा सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनाले १० कित्ता दरले शेयर पाएका छन् भने तिनै माग्यमानीमध्ये थप ३ जनाले १–१ कित्ताका दर शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख १८ हजार २८१ आवेदकबाट हात खाली भएको छ।

यो आइपीओको नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयर र सीडीएससीको iporesult.cdsc.com.npबाट हेर्न सकिन्छ।

gold
kumari bank
kumari
nawakantipur long