citizens life insurance long ad
stcnepal long ad

ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको IPO को ऐजेन्डा सहित साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आज २०८२ आश्विन ३० गते बार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेकोछ । सभामा कम्पनीका सञ्चालक, शेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरु उपस्थित थिए ।

कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले २०८२ बैशाख देखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।

कम्पनीले IPO को ऐजेण्डा सहित आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृती, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक शेयरधनी भित्राउने लगायत प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन सहितका ऐजेन्डाहरु पारित गरेको छ ।

साथै कम्पनीले निर्वाचन पक्रियाबाट सञ्चालक समिती समेत चयन गरेको छ । नयाँ सञ्चालक समितीमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तिर्थ राज पुरी र दिपिका प्रधान चयन भएका छन ।

साधारण सभामा अध्यक्षले आगामी दिनहरुमा कम्पनीले अन्य आयोजनाहरुमा लगानी गर्दै जाने योजना समेत रहेको साधारण सभा समक्ष जानकारी गराउनु भएको छ ।

IME Life
kumari