stcnepal long ad
national life

श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना प्रभावितलाई १ लाख ६३ हजार १२५ कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ।

अब कम्पनीले सामूहिक लगानी कोषलाई १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीलाई १ लाख २३ हजार ९७५ कित्ता आईपीओ सुरक्षित गरी सर्वसाधारणलाई बाँकी बसेको २५ लाख १० हजार ४९३ कित्ता जारी गर्न लागेको हो।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति असोज २९ गते रहेको छ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।

gold
kumari bank
kumari
nawakantipur long