stcnepal long ad
national life

सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल आज यूएईसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । नेपाल र यूएईले सुपर सिक्समा दुई अङ्क जोडेका छन् ।

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्ने छैन । नेपालले सोमबार कतार, बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।

सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

gold
kumari bank
kumari
nawakantipur long