stcnepal long ad
national life

एनएलजी इन्स्योरेन्सले सार्वजनिक बिदामा बीमा सेवा दिदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अविरल वर्षाका कारण उत्पन्न भएको असहज परिस्थितीमा पनि बीमा सवा प्रदान गरिरहेको छ ।

कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शनिवारको लगातार वर्षा भएपछि उत्पन्न भएको परिस्थितीमा पनि सीमित कर्मचारीहरुबाट सेवा प्रवाह गरिरहेको जनाएको हो ।

सरकारले आज र भोली सार्वजनिक विदा दिएको छ । यस परिस्थितीमा पनि कम्पनीले बीमा सवा प्रवाह गरिरहेको छ ।

कम्पनीले बीमा पोलिसी सम्बन्धी सेवाका लागि चार जना कर्मचारी र दावी भुक्तानी सम्बन्धी सेवाका लागि तीन जना कर्मचारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

कम्पनीले उक्त कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरेर आवश्यक सेवा लिन आग्रह गरेको छ ।

gold
kumari bank
kumari
nawakantipur long