stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नयाँ मतदातालाई कार्तिक ३० गतेभित्र नाम लेखाउन निर्वाचन आयोगको अनुरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ संशोधन भएपछि आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगको वेबसाइटमार्फत् ‘प्रि–रजिष्ट्रेशन’ प्रणालीबाट फारामभरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनुपर्ने भएमा पनि सोही अवधिमा सच्याउन सकिने जनाएको छ ।

आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको थियो ।

हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् ।  नामावली सङ्कलन पुन सुरु गरेसँगै युवा मतदाताको सङ्ख्या वृद्धि हुनेछ ।
यसअघि तोकिएको उपनिर्वाचनको मितिअनुसार गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकामा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन खुला गरिएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।

प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीले यही असोज ७ गते निर्वाचनका लागि कानुन संशोधन र व्यवस्थापकीय तयारीबारे छलफल गर्नुभएको थियो ।

prabhu mahalaxmi
kumari