पाँच मन्त्रीको नाम सिफारिस, शपथ भोलि हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि ती नामहरू राष्ट्रपति समक्ष पठाइएको हो।

सिफारिस भएकामध्ये पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी र गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ।

सिन्हा २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए र उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा इमेज मिडिया ग्रुपका समाचार प्रमुख पत्रकार जगदीश खरेललाई सिफारिस गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं रोमन म्यासेजे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनलाई दिइनेछ।

IME Lifesidebar
kumari