stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तेत्तिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दुुई महिनामा ३३ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको साउन–भदौमा २३६ परियोजनामार्फत ३३ अर्ब ९२ करोड ५४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । अवधिमा स्वचालित मार्गमार्फत एक अर्ब ३६ करोड ८२ लाख रुपियाँ र नियमित रुटमार्फत ३१ अर्ब ७२ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

सबैभन्दा धेरै कृषि क्षेत्रमा नौ परियोजनामार्फत २१ अर्ब ५९ करोड आठ लाख रुपियाँको लगानी प्रतिबद्धता आएको हो । साउनमा सिन्धुुलीमा मासु फ्याक्ट्री सञ्चालनका लागि सो लगानी प्रतिबद्धता आएको थियो ।

यस्तै पर्यटन क्षेत्रका ७९ परियोजनामा छ अर्ब ६९ करोड २० लाख, सेवामूलक क्षेत्रका १५ वटा परियोजनामा दुुई अर्ब ८१ करोड ५० लाख, उत्पादनमूलक १२ परियोजनामा एक अर्ब २४ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै ऊर्जाको एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार, सूचना प्रविधि क्षेत्रका १२० परियोजना ५६ करोड २७ लाख ५४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । खनिज र पूर्वाधार क्षेत्रमा भने लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै परियोजना साना लगानीका छन् । यस अवधिमा दर्ता भएका परियोजनामध्ये साना लगानीका परियोजनामार्फत २२५ बढी छन् । मझौला चार र ठुुला सात वटा आयोजना दर्ता भएका छन् ।

prabhu mahalaxmi
kumari