stcnepal long ad
ime life insurance
national life
global ime bank long

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजका लागि बजार बन्द भएको थियो ।

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो ।

बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो । नेपाल स्टक एक्सेचञ्ज लिमिटेडले बजार २० मिनेट बन्द गरेर पुनः खोलेपछि ११ः २३ मा पुनः दोस्रो सर्किट लाग्यो ।

त्यसबेला बजार पाँच प्रतिशतले ओरालो लागेको थियो । दोस्रो सर्किट लागेपछि पुनः ४० मिनेट कारोबार बन्द गरियो । पुनः नेप्सेले १२ः०४ मा बजार खुला गर्दा नेप्से परिसूचक छ प्रतिशतले ओरालो लाग्यो ।
तेस्रो सर्किट लागेसँगै आजको कारोबार बन्द भएको हो । नेप्सेको अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले ओरालो लागेर दुई हजार पाँच सय ११ दशमलव ९१ मा सीमित भएको छ ।

सीमित समयमा कूल ७२ करोड ८७ लाख दुई हजार ८३० बराबरको कारोबार भएको छ । भदौ २३ र २४ को विषम परिस्थितिका कारण बन्द भएको बजार आज खुलेको थियो ।

IME Lifesidebar
kumari