stcnepal long ad
ime life insurance
national life
global ime bank long

बुङ्गल हाइड्रोको आइपीओ बाँडफाँड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएको छ । मागभन्दा बढी आवेदन परेकोले आइपीओ गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँड गरिएको छ।

जस अनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।आइपीओको नतिजा केही समयपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

IME Lifesidebar
kumari