stcnepal long ad
global ime bank long

ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यू कायमै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि ललितपुर जिल्ला जारी गरिएको निषेधाज्ञा र कर्फ्यू जारी आइतबारसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो ।

जिल्लामा जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रमुख जिल्ला अधिकारीको आदेशमा निषेधाज्ञा र कर्फ्यू जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)बमोजिम जारी आदेशअनुसार, शनिबार बिहान ११ः०० बजे देखि बेलुकी ५ः०० बजे सम्म निषेधाज्ञा लागू हुनेछ भने सोही दिन बेलुकी ७ः०० बजे देखि भाद्र २९ गते बिहान ६ः०० बजे सम्म कर्फ्यू लाग्ने छ।

अत्यावश्यक कार्यका लागि बिहान ६ः०० बजे देखि ११ः०० बजे र बेलुका ५ः०० बजे देखि ७ः०० बजे सम्म आवतजावत गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, परिचयपत्र सहितका सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्न सकिने छ।

साथै सरकारी कार्यालय, बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरू परिचयपत्र देखाएर आफ्नो कार्यालयसम्म जान पाउनेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्।

अत्यावश्यक कार्यका लागि छुट्याइएको समय बाहेक कुनै पनि जुलुस, धर्ना वा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

IME Lifesidebar
kumari