stcnepal long ad
global ime bank long

मिथिला लघुवित्त वित्तीय संस्थाको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

उक्त विवरणअनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ७७ प्रतिशतले बढेर ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी खुद ब्याज आम्दानी अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ४१।८६ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँ पुगेको छ।

यता कुल सञ्चालन आम्दानी १८ करोड ८० लाख रुपैयाँबाट बढेर २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ करोड ९३ लाख रुपैयाँबाट ह्वात्तै बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

यसरी कम्पनीको ब्याज र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो। खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २४.२६ रुपैयाँबाट बढेर ३७.५८ रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ७७ करोड ११ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरी त्यसबाट १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

यता कम्पनीको खराब कर्जा (एनपीएल) २.१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.२९ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari