stcnepal long ad
global ime bank long

जनप्रशासन क्याम्पसको स्थापना दिवस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पसले आफ्नो ४९औँ स्थापना दिवसका अवसरमा आज शासकीय प्रयोगशालामा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ शीर्षकमा आधारित कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहप्राध्यापक डा. नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पूर्वसचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उपप्राध्यापक डा. मुकेशकुमार बास्तोला, सञ्जय घिमिरे र डा. सूर्य अधिकारीबाट उक्त विषयउपर महत्वपूर्ण मुद्दाहरू उठाउनु भएको थियो ।

यसैगरी, उक्त कार्यक्रममा ‘सिमुलेटर’को भूमिका निर्वाह गर्नुहुने स्ववियु सभापति अनिकेत तिवारी, सचिव शङ्कर दुबे, सत्यम यादव, आसुतोषकुमार ठाकुर, बहिनीरोजा महर्जन, कृष्णमोहन सिङ तथा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमको सङ्क्षिप्त नीति छिट्टै प्रकाशनमा ल्याइने जनाइएको छ ।

IME Lifesidebar
kumari