stcnepal long ad
ime life insurance
national life
global ime bank long

राहदानी विभागले दुई वटा फरक प्याकेज मार्फत नयाँ राहदानी छाप्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राहदानी विभागले दुई वटा फरक प्याकेज मार्फत नयाँ राहदानी छाप्ने भएको छ । विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट गरी राहदानी छपाइको प्रक्रिया अघि बढाएको हो ।

हाल खरिद भइरहेको प्रति राहदानी अमेरिकी डलर १०.१३ भन्दा आगामी खरिदबाट प्रतिराहदानी १.५२ सस्तो पर्ने र यो हिसाबले ६४ लाख राहदानी खरिद गर्दा महँगी हिसाब नगर्दा करिब एक अर्ब ३५ करोड बचत हुने भएको छ ।

प्याकेज १ अन्तर्गत प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमको ठेक्का जर्मन कम्पनी म्युहलबाउर आइडी सर्भिसलाई एक अर्ब ५५ करोडमा ठेक्का दिइएको छ ।

प्याकेज २ को ठेक्का पनि जर्मनीकै भेरिडास कम्पनीलाई छ अर्ब ११ करोडमा प्रदान गरिएको छ । दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौताको तयारी भएकोमा प्याकेज २ को भेरिडाससँग गत सोमबार हस्ताक्षर भएको विभागले जनाएको छ । प्याकेज १ को कम्पनीसँग एक–दुई दिनभित्र सम्झौताको तयारी भएको छ ।

विभागका महानिर्देशक तीर्थ अर्यालले नयाँ छपाइका लागि दुई कम्पनी प्रतिस्पर्धात्मक टेन्डरमार्फत छनोट भएको जानकारी दिनुभयो । जर्मनीकै दुई वटा कम्पनी छनोट हुँदा हाल काम गरिरहेको कम्पनीले नपाएपछि पुनरवलोकनसँगै विवाद भएको थियो ।

सन् २०२० मा २० लाख विद्युतीय राहदानी छपाइका लागि छनोट भएको आइडिमियाले पटक पटक म्याद थप गरेर ७० लाखभन्दा बढी राहदानी छापिसकेको छ ।

थोरै मात्र राहदानी मौज्दात रहेकाले नयाँ राहदानी छपाइ छिटै सुरु गर्नुपर्ने दबाब छ । २०८१ को फागुन ९ गते दुबै बोलपत्र खोलिएको थियो । चार वटा कम्पनीले बोलपत्र पेस गरेका थिए ।

केही कम्पनीले पुनरावेदनका लागि निवेदन दिए पनि पुनरावेदन समितिले पनि विभागले गरेको निर्णयलाई सदर गरेपछि थप प्रक्रिया अघि बढेको हो । उहाँले भन्नुभयो, “सोही अनुसार खरिद प्रक्रियासम्बन्धी सम्झौता गर्नका लागि अगाडि बढेका छौँ, अबको डेढ हप्ताभित्र नयाँ राहदानी छपाइसम्बन्धी दुवै सम्झौताको कार्यान्वयन सुरु हुने छ ।

सर्त अनुसार सम्झौता गरेको २१० दिनभित्रमा छनोट भएका कम्पनीले राहदानी छपाइ गरेर विभागलाई दिनुपर्ने हुन्छ ।”

यसरी छापिने छ नयाँ राहदानी

छनोट भएका कम्पनीले नेपालको आवश्यकता अनुसार प्रतिदिन छ घण्टामा छ हजार प्रति राहदानी छपाइ गर्नुपर्ने छ । महानिर्देशक अर्यालले भन्नुभयो, “त्यसरी छाप्दै गर्दा ९९.७ प्रतिशत उपलब्धताको बेन्चमार्क तोकेका छौँ, छनोट भएका कम्पनीले त्यो माग पूरा गर्छौं भन्ने प्रतिबद्धता दिएका छन् ।”

दुई वटा मेसिनले छपाइ गर्ने छ । कुनै समस्या आइपरे अर्को मेसिन थाती रहने सर्तमा कम्पनीले स्वीकृति जनाएका छन् । एउटा मेसिनले घण्टाको पाँच सयका दरले छ घण्टामा तीन हजार र दुई वटा मेसिनले गर्दा दैनिक छ हजार राहदानी छपाइ हुने अनुमान गरिएको छ ।

उहाँले भन्नुभयो, “पहिलाको तुलनामा राहदानी छपाइ एक अर्बभन्दा पनि कम पर्ने देखिन्छ ।” विभागका अनुसार सम्झौता बमोजिम पहिलो प्याकेजका लागि प्रतिराहदानी १.७४ अमेरिकी डलर तथा दोस्रो प्याकेजका लागि प्रति राहदानी ६।८७ पर्ने छ ।

सर्भरको अन्योल छैन

आधुनिक ब्लेड सर्भर नराखेर ¥याक सर्भरका लागि अनुमति दिइएको भन्ने विवाद उठेको छ । विभागका सूचना प्रविधि निर्देशक सुनीलकुमार केसीले ब्लेड र ¥याक सर्भर भन्नाले त्यसको बनावटका हिसाबले फरक भए पनि काम सोही गर्ने भएकाले तात्त्विक फरक नभएको औँल्याउनुभयो । महानिर्देशक अर्यालले ब्लेड सर्भरमा च्यासिस बिग्रिए अर्को फेरेर राख्न मिल्ने तर त्यही ब्रान्डको चाहिने बताउनुभयो ।

IME Lifesidebar
kumari