stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो।

आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। विकास बैँक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ।

सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ।

IME Lifesidebar
kumari