stcnepal long ad
ime life insurance
national life
global ime bank long

राप्ती हाइड्रोको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले मंगलबार ९साउन १३ गते० देखि अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्रीमा ल्याउँदैछ । कम्पनीले असार १० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयरको बिक्री खुलाएको थियो । उक्त हकप्रदमा जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिएका थिए ।

रीतपूर्वक आवेदन दिएकाहरू शेयर बाँडफाँट गरिसकिएको र बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता शेयर कम्पनीले लिलामी बढाबढ मार्फत बिक्री गर्न लागेको हो ।

यसमध्ये सर्वसाधारण समूहतर्फको ५ लाख ६४ हजार १० कित्ता लकइनमा नरहेको शेयर हो भने सोही समूहको १ लाख ४० हजार १०१ कित्ता शेयर यही साउन ८ गतेसम्म लकइनमा रहने शेयर हो

प्रतिकित्ता १०० रुपियाँ तोकिएको उक्त शेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले साउन २० गतेभित्र आफूले के कति दररेटमा लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन फाराम मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ ।

IME Lifesidebar
kumari