stcnepal long ad
global ime bank long

बाढीले मितेरी पुल बगायो : नेपाल–चीन नाका बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा आज असार २४ गते मंगलबार बिहान नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बाढीले बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले पुल बगाएको पुष्टि गरेका छन् ।

यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको प्रजिअ पौडेलले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बाढीले ड्राइपोर्ट क्षेत्रमा पनि क्षति पुरयाएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु बगाएको छ।

यस्तै भन्सारको यार्डमा रहेका गाडीमध्ये अधिकांश बाढीले बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबरलाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन । समग्रमा क्षति ठूलो भएको र अहिले घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना सङ्कलन गर्ने काम भइरहेकोछ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार, बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल(चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको हो।

यसैगरी मंगलबार बिहान ४ बजेको समयमा सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

प्राधिकरणले भने बाढीका कारण कुनै मानवीय क्षति नभएको जनाएको छ। नदीमा पानीको बहाब अझै उच्च गएकोले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सुरक्षित रहन प्राधिकरणले आग्रह गरेको छ।

IME Lifesidebar
kumari