वरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन असार ३१ देखि

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपियाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाइसकेको छ ।
सोहीबमोजिम हकप्रद निष्कासन गर्ने भएको हो । निष्कासन बन्द साउन १९ गते हुने कम्पनीले जनाएको छ ।
हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।