stcnepal long ad
ime life insurance
national life
global ime bank long

वरुण हाइड्रोपावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन असार ३१ देखि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ५३ करोड ५८ लाख १५ हजार रुपियाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाइसकेको छ ।

सोहीबमोजिम हकप्रद निष्कासन गर्ने भएको हो । निष्कासन बन्द साउन १९ गते हुने कम्पनीले जनाएको छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ । जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari