stcnepal long ad
himalayan life insurance long ad

नेरुडे मिर्मिरे लघुवित्तको ३७ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३७ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८, काभ्रेपलाञ्चोकमा लिखित जानकारी गराउनु पर्नेछ । ३५ दिनसम्म पनि कुनै जानकारी नआएमा उक्त शेयर अन्य व्यक्तिलाई बेचिन लघुवित्तले जनाएको छ ।