stcnepal long ad
ime life insurance
national life
global ime bank long

नवराजपुरका पूर्वअध्यक्ष यादवसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सिरहा । यहाँको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इञ्जिनियर कृष्णा साह, सबइञ्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नं ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी शाखा प्रमुख सञ्जयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीलादेवी यादवविरुद्ध समेत मुद्दा दाएर गरिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको अख्तियारले जनाएको छ ।

रु ३७ लाख ७५ हजार ४३६ को लागत रहेको भवन उपभोक्ता समितिमार्फत गर्ने गरी २०७७ जेठ ३२ मा सम्झौता भएकामा गलत प्राविधिक मूल्याङ्कन सहित उपभोक्ता समितिलाई रु ३४ लाख ३९ हजार १८९ भुक्तानी गरिएको साथै भवन पनि उपयोगविहीन भएको आरोप छ ।

IME Lifesidebar
kumari