ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

काठमाडौं ( ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि.ले नयाँ स्कुटर डीटी–५३ लन्च गरेको छ ।
सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
ग्यारो डिटी–५३ मा उच्च क्षमता भएको लिथियम आयोन ब्याट्री जडान गरिएको छ । यस स्कुटरमा ३ हजार वाट क्षमताको इलेक्ट्रिक मोटर राखिएको छ । स्कुटरलाई ९० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने बताइएको छ ।
स्कुटरमा एलईडी लाइट तथा डिस्प्ले, एड्भान्स सस्पेन्सन सेटअप र स्मार्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम लागयत फिचर पाउन सकिन्छ । ग्यारो डिटी–५३ यस सेग्मेन्टकै लामो रेन्ज दिने र उच्च पर्फमेन्सयुक्त स्कुटर भएको कम्पनीको भनाइ छ ।
नेपालभर रहेका ग्यारो स्कुटरका डिलरहरुमा सो स्कुटर प्रि–अर्डर गर्न सकिन्छ । अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र आउटस्ट्यान्डिङ पर्फमेन्स चाहने नेक्स्ट जेन राइडरहरुको रोजाइमा यो स्कुटर पर्ने कम्पनीको भनाइ छ ।