stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।

कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा. पौलेललाई स्वागत गरेका थिए ।

बिहीबार नै विश्वविद्यालयले एमफिल–पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उपकुलपति प्रा. डा. केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।

विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा। पौडेललाई स्वागत गरेकी थिइन् ।

पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

prabhu mahalaxmi
kumari