stcnepal long ad
ime life insurance
global ime bank long

नक्कली बिल पेश गर्ने ध्रुव कन्स्ट्रक्सन विरुद्ध एक अर्ब माग दाबी सहित मुद्दा दायर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सामानको खरिद बिक्री नगरि नक्कली बिल जारी गर्ने ध्रुव कन्स्ट्रक्सन विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

काठमाडौं महानगरपालिका नयाँ बानेश्वर स्थित स्थायी लेखा नम्बर ६०९७५४५११ रहेको ध्रुव कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक ध्रुव देव विरुद्ध विभागले राजस्व चुहावट कसुरमा जरिवाना सहित एक अर्ब २० करोड रुपियाँ माग दाबी सहित उच्च अदालतमा मुद्दा दायर गरेको विभागका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । ।

ठेक्का पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद विक्की कारोवार गर्ने ध्रुब कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवले बस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैङ्क मार्फत नगरेको, बीजकहरु सिलसिलेवार जारी नगरेको, मू.अ.कर विवरण र आय विवरण दाखिला नगरेको, मु.अ. कर तथा आयकर तर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मू.अ.कर तथा आयकर लगायतका राजस्व नतिरी राजस्व चुहावट गरेको विभागको आरोप छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित कार्य गरी ऐ।ऐनको दफा ४ बमोजिमको कसूर गरेको पुष्टि भएकोले निज प्रतिवादी ध्रुव देवलाई ऐ। ऐनको को दफा २(ख१) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपियाँ र आयकरतर्फ रू १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपियाँ गरी कूल रु ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ बिगो कायम गरी ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना रुकम रु। ६० करोड ४६ लाख १५ हजार २५८ रुपियाँ नै असुल गर्न विभागले दायर गरेको आरोपत्रमा माग गरिएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २००६ बमोजिम उक्त कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवलाई बिगो र जरिवाना गरी कूल एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपियाँ असुलीको माग गरिएको छ ।

prabhu mahalaxmi
kumari