कांग्रेसका नेता तीर्थराम डङ्गोलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन भएको छ । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका थिए ।
सिनामङ्गलस्थित केएमसी अस्पतालमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
२००४ सालमा काठमाडौंमा जन्मिएका ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौंको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौं महानगरपालिकाको उपप्रमुख पनि भएका थिए ।
नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल २०६२–६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिनएका थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भीमसेनदास प्रधानले जानकारी दिए । डङ्गोलकी श्रीमती छिन् ।