sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर फिडर जडान, फिडर सटडाउन, पोल स्थानान्तरण, स्विचिङ मर्मतलगायका काम गर्नका लागि विद्युत अवरूद्ध गर्नुपरेको जनाएको छ ।

प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर  अन्तर्गत पर्ने  ठाउँहरूमा दुई घन्टादेखि  आठ घन्टासम्म विद्युत  नआउने  जानकारी दिएको छ ।  यी केन्द्र  अन्तरर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै प्राधिकरणले एकान्तकुनाको रिङ रोडको पोल स्थानान्तरणका लागि यो फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

काठमाडौंमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका ठाउँहरूमा पनि आज विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

बबरमहल फिडर अन्तर्गत पर्ने ठाउँहरुमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । असन फिडर, महाबौध्द फिडर, वीर हस्पिटल फिडर र बागबजार फिडर अन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ८ बजेदेखि नै दिउँसो ४ बजेसम्म विद्युत काटिने छ ।

त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long