प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदाररसुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज मिति २०८२ बैशाख ७ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३४ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।