हिमालयन बैंकको ५ लाख ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३ हजार ७८२ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ११ जना संस्थापकले सेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (वैशाख ७ गते) देखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।