sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १९ औं वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड स्थापनाको १८ वर्ष पूरा गरि आज २०८२ बैशाख ७ गतेबाट १९ ओैं वर्षमा प्रवेश गरेको छ।

यो बीचमा सिटिजन्स बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड रूपैयाँ भन्दा बढी,कर्जा लगानी १ खर्ब ७३ अर्ब रूपैयाँ भन्दा बढी, निक्षेप संकलन २ खर्ब २ अर्ब रूपैयाँ भन्दा बढी पुगेको छ।

यस बैंकले देशभरका ६१ जिल्लामा २ सय शाखा सञ्जाल विस्तार,१६८ वटा एटिएम सेवा,३ वटा विस्तारित काउन्टर,७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक,सुविधाजनक र छिटोछरितो बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ।

सिटिजन्स फोन पे क्रेडिट कार्ड (भर्चुअल कार्ड) लोकप्रिय बन्दै

सिटिजन्स बैंक इन्टरनेशनल लि. ले गत वर्ष २०८१ बैशाख ७ गते १८ ओैं वार्षिकउत्सवदेखि सुरू गरेको ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सेवा ग्राहकबीचमा निकै लोकप्रिय बन्दै गएको छ। सिटिजन्स बैंकले फोन पे कम्पनीसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोन पे क्रेडिट कार्ड (भर्चुअल कार्ड) जारी गरेको थियो ।

त्यसबेला बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार बीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको थियो र बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’को उद्घाटन गर्नु भएको थियो।

यो एक वर्षमा बैंकका १८० वटा शाखाबाट भर्चुअल कार्ड जारी गर्ने सुविधा विस्तार गरिएको छ। यो एक वर्षमा करिव ३ हजार ५ सय ग्राहकले सिटिजन्स फोन पे क्रेडिट कार्ड (भर्चुअल कार्ड) सुविधा लिएको सिटिजन्स बैंक लिमिटेडका क्रेडिट कार्ड शाखा प्रमुख समिर अधिकारीले जानकारी दिनु भएको छ।

भर्चुअल क्रेडिट कार्डको सुविधा लिनको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो सिटिजन्स फोन पे क्रेडिट कार्डमा ग्राहकहरूले २० हजार रूपैयाँ देखि २ लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमाभित्र रहेर खर्च गर्न पाउने र त्यसरी भर्चुअल कार्डको सापटी सुविधा लिएको ४५ दिनसम्म विना व्याज रकम उपयोग गर्न पाउने छन ।

४५ दिनभित्र सापटी रकम चुक्ता गर्नु पर्छ। त्यस्तो रकम बैंकलाई चुक्ता नगरे त्यसपछि भने २ प्रतिशत व्याज शुल्क लाग्ने बैंकका क्रेडिट कार्ड शाखा प्रमुख समीर अधिकारीले जानकारी दिनु भएको छ।

सिटिजन्स बैंकमा जुनसुकै बचत तथा मुद्दती खाता खोलेका र नयाँ खाता खोलेका ग्राहकहरूले पनि यो सुविधा पाउने क्रेडिट कार्ड शाखाका प्रमुख अधिकारी बताउनु भएको छ।

भर्चुअल क्रेडिट कार्ड सुविधा लिएपछि आफ्नो मोवाइलबाट क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआईको सुबिधा पनि उपलब्ध रहेको छ ।

बैंकले ग्राहकहरुलाई यस भर्चुअल कार्ड मार्फत लिएको क्रेडिट सुविधा ४५ दिनको समयावधिभित्र कर्जा चुक्ता गर्ने सुविधा दिएको छ।

बैंकले विना व्याज डेढ महिना २० हजारदेखि २ लाख ५० हजार रूपैयाँ प्रयोग गर्न पाउने बैंकिङ सुविधा उपलब्ध गराएपछि मासिक तलव पाउने ग्राहकले दैनिक उपभोग्य सामाग्री खरिद गर्न र दैनिक व्यवसाय गरि सानोतिनो रकम तत्कालै चुक्ता गर्नुपर्ने समस्या भएका ग्राहकलाई रकम तिर्न अति सहज भएको क्रेडिट कार्ड शाखाका प्रमुख अधिकारीले बताउनु भएको छ ।

सिटिजन्स फोन पे क्रेडिट कार्डमा ग्राहकहरुको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प प्रदान गरिएको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो ।

यसलाई ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत बैंकबाट रकम सापटी प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गरेको छ ।

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन गरेको छ । ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो ।

यस मार्फत नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको क्रेडिट कार्ड शाखा प्रमुख समीर अधिकारीले जानकारी दिनु भएको छ ।

बैंकको मोबाइल एप मार्फत प्रयोगकर्तालाई तत्काल भर्चुअल कार्ड जारी गरिन्छ। यसद्वारा १४ लाखभन्दा धेरै फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने सुविधा प्राप्त छ ।

आफ्नो मासिक बजेटअनुरूप खर्च ट्रयाक गर्न सजिलो हुने र ४५ दिनसम्म ब्याजरहित क्रेडिट अवधि सुविधा उपभोग गर्न सकिने छ । सिटिजन्स फोन पे क्रेडिट कार्डका ग्राहकहरूले यो बैंकिङ सुविधा चाहेअनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सक्छन।

भर्चुअल क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा सुरूमा प्रतिप्रयोगकर्ता ५० प्रतिशत (एक हजार रुपैयाँ) सम्मको रकमको क्यासब्याक अफर प्रदान गरिएको थियो । यो अफर ०८१ भदौ २७ बाट सिमित अवधिका लागि गरिएको थियो ।

अहिले क्रेडिट कार्डको सुविधा लिन आवेदकसँगैले ५ सय रूपैयाँ शुल्क तिर्नु पर्छ। तर १९ ओैं वार्षिकोत्सबका अवसरमा त्यो शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको क्रेडिट कार्ड शाखा प्रमुख अधिकारीले जानकारी दिनु भएको छ।

यो नयाँ सेवा प्रवाहले ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्ने बैंकका क्रेडिट शाखा प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नु भएको छ ।

‘आजको डिजिटल युगमा वित्तीय कारोबारमा सजिलो, सुरक्षा र लचकता महत्त्वपूर्ण भएको छ,हामीले यस सेवासँगै डिजिटल परिवर्तनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता देखाएका छौं ।’ अधिकारीले भर्चुअल कार्डका बारेमा जानकारी दिदै बताउनु भएको छ।

नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशतभन्दा कम  भएको अवस्थामा सिटिजन्स फोन पे भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीय सामान्य व्याक्तिदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्‍याउनेछ।

यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्नेप्रयास हो क्रेडिट कार्ड शाखाका प्रमुख अधिकारीले सेवाका बारेमा जानकारी दिदै बताउनु भएको छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड पूर्ण रूपमा एक डिजिटल कार्ड हो । यसले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा ई–कमर्स भुक्तानी र ईएमआई कन्भर्जनजस्ता सुविधा दिदै आएको छ ।

यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता सुविधा पाउँछन् । यो सुविधा लिएपछि पर्स वा व्यागमा प्लास्टिकको कार्ड बोकिरहने झन्झट पर्दैन। बैंकमा खाता खोलेर डिजिटल बैंकिङ कारोवारको सुविधा लिएको छ भने ग्राहकले मोवाइलबाटै वस्तु खरिद वा ऋण रकम चुक्ता गर्न सक्छन। यो भर्चुअल कार्ड प्रयोग गर्ने ग्राहकहरूले किराना पसल, सुपर मार्केट, रेष्टुरेन्ट देखि ठुला होटलसम्मको बिल सजिलै तिर्न सक्छन।

सिटिजन बैंकमा साधारण बचत खाता वा मुद्दती खाता भएका ग्राहकहरूले एउटा निवेदन दिएर भर्चुअल कार्डको सुविधा लिन सक्छन। यो अनलाईन भर्चुअल कार्ड हो। यसमा ग्राहकको नाम,कार्ड नम्बर आदि हुन्छ।

यो सुविधाको प्रयोग गर्दा ग्राहकले आफ्नो खाताबाट रकम तिर्ने कि भर्चुअल कार्डबाट तिर्ने भनी अप्सन आउँछ। ग्राहकले भर्चुअल कार्डबाट तिर्ने सुविधा लिए भर्चुअल कार्डबाट रकम तिर्न सकिन्छ।

ग्राहकको खातामा भएको रकम नचलाई यो सुविधा लिदा ग्राहकहरूले आफ्नो खाताको रकममा ब्याज पाउँछन्। यसरी लिएको सुविधा रकम बैंकलाई ४५ दिनभित्र तिरिसक्नु पर्छ। यो अवधि भित्र ब्याज लाग्दैन। यो सेवा अति सजिलो र सहज छ।

यो सेवासँगै बैंकले पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत सेयर आवेदन र सिआर एन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।

gold
prabhu bank
nawakantipur long