sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल टेलिकमको नयाँ वर्ष अफर, रु. ३९९ मा ३० जीबी डेटा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलिदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो ।

यस अफरअन्तर्गत ग्राहकले रु। ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक एक दिनका लागि रु। ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा लिन सकिनेछ ।

यस्तै, ६ जीबी डेटा रु १११ मा (५ दिन), १५ जीबी डेटा रु १९९ मा (७ दिन) र २० जीबी डेटा रु २९९ मा (१२ दिन) मा उपलब्ध गराइएको छ ।

त्यस्तै कम्पनीले विशेष फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । यसअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सम्पूर्ण नेटवर्कमा भ्वाइस कल र २०० वटा सम्पूर्ण नेटवर्क एसएमएस सेवा उपलब्ध हुनेछ ।उक्त प्याकको मूल्य रु ७८९ रहेको छ भने पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल शुल्क समेत समावेश गरिएको छ ।

यो अफर प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेडका लागि ३० दिनसम्म मान्य हुने कम्पनीले जनाएको छ । टेलिकमले यस अफरबाट लाभ लिन #१४१५*६# डायल गर्न वा एनटी एप प्रयोग गर्न अनुरोध गरेको छ ।

gold
nawakantipur long