stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको नयाँ वर्ष अफर, रु. ३९९ मा ३० जीबी डेटा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलिदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो ।

यस अफरअन्तर्गत ग्राहकले रु। ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, जसको अवधि १५ दिन हुनेछ । यसबाहेक एक दिनका लागि रु। ४९ मा १ एमबीपीएस अनलिमिटेड डेटा र १०० मिनेट एनटी–एनटी भ्वाइस सुविधा लिन सकिनेछ ।

यस्तै, ६ जीबी डेटा रु १११ मा (५ दिन), १५ जीबी डेटा रु १९९ मा (७ दिन) र २० जीबी डेटा रु २९९ मा (१२ दिन) मा उपलब्ध गराइएको छ ।

त्यस्तै कम्पनीले विशेष फेस्टिभ कम्बो प्याक पनि ल्याएको छ । यसअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सम्पूर्ण नेटवर्कमा भ्वाइस कल र २०० वटा सम्पूर्ण नेटवर्क एसएमएस सेवा उपलब्ध हुनेछ ।उक्त प्याकको मूल्य रु ७८९ रहेको छ भने पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल शुल्क समेत समावेश गरिएको छ ।

यो अफर प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेडका लागि ३० दिनसम्म मान्य हुने कम्पनीले जनाएको छ । टेलिकमले यस अफरबाट लाभ लिन #१४१५*६# डायल गर्न वा एनटी एप प्रयोग गर्न अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari