stcnepal long ad
ime life insurance
global ime bank long

लोमस फर्मास्युटिकल्स र हिमाल डेन्टल अस्पतालबीच रणनीतिक सहकार्यको समझदारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको औषधि उत्पादन तथा वितरणमा ख्यातिप्राप्त कम्पनी लोमस फर्मास्युटिकल्स र डेन्टल संस्था हिमाल डेन्टल बीच सहकार्यको औपचारिक समझदारी सम्पन्न भएको छ।

समझदारी अनुसार अबदेखि हिमाल डेन्टल अस्पतालले आफ्नो अस्पताल तथा सेवा केन्द्रहरूमा लोमस फर्मास्युटिकल्सका सम्पूर्ण डेन्टल उत्पादनहरू प्रयोग गर्नेछ।

यससँगै, लोमस फर्मास्युटिकल्सले हिमाल डेन्टल अस्पतालले आयोजना गर्ने सम्पूर्ण डेन्टल सम्बन्धी शैक्षिक कार्यक्रम, गोष्ठी, सेमिनार र जनचेतनामूलक अभियानहरूमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यो सहकार्यलाई दुवै पक्षले दीर्घकालीन र आपसी लाभदायक साझेदारीको रूपमा लिएका छन्। यसले नेपाली डेन्टल सेवा र शिक्षालाई गुणस्तरीय बनाउन थप योगदान पुर्‍याउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।

समझदारीपत्रमा हस्ताक्षर हिमाल डेन्टल अस्पतालका प्रबन्ध निर्देशक डा.राजेन्द्र भट्ट र लोमस फर्मास्युटिकल्सका निर्देशक तथा युवा उद्यमी प्रणव जंग पाण्डेले गरेका थिए।

उनीहरूले उक्त सहकार्यले निजी क्षेत्रबीचको समन्वयलाई सुदृढ गर्ने मात्र नभई, नेपाली जनताको मौखिक स्वास्थ्य सुधारमा समेत टेवा पुग्ने उल्लेख गरेका छन्।

डा।भट्टले सहकार्यपछि प्रतिक्रिया दिँदै भने, ‘हामीले सधैं गुणस्तरीय सेवा र नवीनतम प्रविधिमा विश्वास गरेका छौं। लोमस फर्मास्युटिकल्ससँगको यो सहकार्यले हाम्रो सेवामा थप विश्वास र प्रभावकारिता ल्याउनेछ।’

त्यसैगरी, लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डेले भने, ‘स्वस्थ्य सेवामा गुणस्तरीय सामग्रीको पहुँच अत्यावश्यक हुन्छ।

हिमाल डेन्टलजस्तो अग्रणी संस्थासँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। हामी यसलाई दीर्घकालीन साझेदारीको रूपमा अगाडि बढाउनेछौं।”

दुवै संस्थाले आगामी दिनहरूमा संयुक्त रूपमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन्। यो सहकार्य डेन्टल क्षेत्रका लागि मात्र नभई, स्वास्थ्य सेवा क्षेत्रमा उदाहरणीय मोडेलको रूपमा अगाडि आउने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari