लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्सको छपाई सम्बन्धी जानकारी नआउँदै कार्यालयमा नजान अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै विभागले आधिकारिक माध्यममार्फत लाइसेन्स छपाई तथा वितरण प्रक्रियाबारे जानकारी लिन सेवाग्राहीलाई अनुरोध गरेको हो ।
ड्राइभिङ लाइसेन्स छापिए पछि यस सम्बन्धी जानकारी सम्बन्धित व्यक्तिलाई मोबाइलको एसएमएस, विभागको वेबसाइट र यातायात व्यवस्था विभागको फेसबुक पेज ‘हेलो यातायात व्यवस्था विभाग’ मार्फत गराइने विभागले बताएको छ ।
नेपालको संविधान र कार्य विस्तृतिकरण प्रतिवेदनअनुसार लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने तथा रद्द गर्ने अधिकार प्रदेश सरकारअन्तर्गत रहेका कार्यालयहरूमा रहेपनि हाल यातायात व्यवस्था विभागले नै छपाई कार्य गरिरहेको छ ।
विभागले परीक्षार्थी उत्तीर्ण भएपछि उनीहरूको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ ।
यस्तो छ सूचना :