५ वर्ष पुरानो नगद लाभांश लैजान सिटिजन्स बैंकद्वारा शेयरधनीलाई आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ५ वर्ष पुरानो लाभांश लैजान शेयरधनीलाई आग्रह गरेको छ । बैंकको साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७५/०७६ को लाभांश शेयरधनी हालसम्म पनि बुझिनलिएको भन्दै बैंकले एक सूचना मार्फत उक्त नगद लाभांश लैजान आग्रह गरेको हो ।
शेयरधनीलाई ३० दिनभित्र बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल, डिल्लीबजारमा सम्पर्क गर्न भनिएको छ ।
तोकिएको समयभित्र पनि शेयरधनीले आफ्नो पुरानो लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
त्यस्तै हालसम्म पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले शेयर अभौतिकीकरण गराउन र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउनसमेत भनिएको छ ।