नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत ६ अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ६) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश तथा हकप्रद प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्दैछ ।
आजसम्म कायम रहने शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा सहभागी हुन पाउनेछन् ।
साधारण सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०।७९ प्रतिशत नगद लाभांश वितरण विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, चुक्ता पुँजीको ४० प्रतिशत (पछि पुनरवलोकन समेत हुन सक्ने) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
साथै, बोनस शेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
त्यसैगरी साधारण सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन सहित सबै वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च स्वीकृत गर्नेछ ।
साधारणसभा चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।