stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। प्रेस चौतारी नेपालले सङ्गठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । सङ्गठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सो लोगो बिहीबार सङ्गठनको केन्द्रीय कार्यालय काठमाडौँमा सार्वजनिक गर्नुभयो ।

प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ । यस पटकको अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ राखिएको छ ।

लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बिचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (सङ्खुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ ।

prabhu mahalaxmi
kumari