हाथवे इन्भेष्टमेन्टको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
मंगलबारको अन्तिम कारोबार मूल्य १४३९.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ १३०९ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।