नेपाल राष्ट्र बैंकले बैंकहरुमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने
ब्याजदर प्रस्ताव गर्न आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुमा २ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब १९ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जानकारी गराएको हो।
राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३२ करोड ८५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ।
मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले कात्तिक ८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक १४ गतेदेखि २०८२ वैशाख १५ गतेसम्म १८१ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।