citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कोषले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी, सेवा शुल्क आम्दानीसहित कुल आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब २५ करोड रहेकोमा अहिले १ अर्ब ४१ करोड छ ।

नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सेयरधनीलाई बोनस सेयर दिएपश्चात सेयर संख्या बढ्न जाँदा प्रतिसेयर आम्दानी खुम्चिएको छ ।

गत आवको तेस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेकोमा अहिले २२ रुपैयाँ १४ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४१ पैसा छ भने रिटर्न अन इक्वीटी ८.४९ प्रतिशत छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७२ रुपैयाँ ९० पैसा छ ।

himalayan life insurance
igi long