citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बीमा प्राधिकरणको बार्षिकोत्व भोलिदेखि चार दिनसम्म मनाइने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सव आगामी जेठ १ गते भव्य रुपमा मनाइने भएको छ । प्राधिकरणले बार्षिकोत्सवको अवसरमा भोलिदेखि नै विभिन्न कार्यक्रमहरु सुरुवात गर्दै जेठ १ गते भव्य समारोह आयोजना गरी बार्षिकोत्व मनाउन लागेको हो ।

बार्षिकोत्सवको अवसरमा भोलि बैशाख २९ गते अपरान्ह फुटसल प्रतियोगिता आयोजना हुनेछ । सो फुटसल प्रतियोगिता बल्खुमा आयोजना गरिने छ । प्राधिकरणका कर्मचारीहरुका बीचमा अन्तर कर्मचारी फुटसल प्रतियोगिता आयोजना हुनेछ ।

त्यस्तै, बैशाख ३० गते रत्तदान कार्यक्रम राखिएको छ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा अपरान्ह ११ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिनेछ ।

त्यस्तै, बैशाख ३१ गते प्रभातफेरि कार्यक्रमको आयोजना गरिनेछ । त्यसको लागि हरेक कम्पनीलाई न्यूनतम् १० जना कर्मचारी सहित भद्रकालीमा उपस्थित हुन भनिएको छ ।

अन्त्यमा जेठ १ गते अपरान्ह औपचारिक कार्यक्रम आयोजना गरी नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सव मनाइनेछ ।

himalayan life insurance
igi long