citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हाथवे इन्भेष्टमेन्ट इन्भेष्टमेन्ट नेपालले बढायो मुनाफा, इपीएस कति ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सार्वजनिक गरेको छ ।

विवरण अनुसार चैतसम्म कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस अवधिमा कम्पनी १ करोड २२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी १०४.६४ प्रतिशतले बढेर २३ करोड ३९ रुपैयाँ पुग्दा नाफामा वृद्धि हुन पुगेको छ ।

यस्तै, कम्पनीको कुल आम्दानी पनि ८९.२० प्रतिशतले बढेर २३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यसले गर्दा पनि कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड ३२ लाख रुपैयाँ जम्मा रहेको छ ।

हाथवेको प्रतिसेयर आम्दानी बढेर ३ रुपैयाँ ८९ पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८० पैसा ९वार्षिक० ऋणात्मक रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा छ ।

himalayan life insurance
igi long