citizens life insurance long ad
stcnepal long ad

कालोसूचीमा राख्न सिफारिस गरिएका २७ ठेकदार कम्पनीलाई सोधियो स्पष्टीकरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले  सातदिने स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक निकायहरूले कालो सूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ । तर, उक्त अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण माग गरिएको छ ।

कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्र सूर्य निर्माण सेवालाई दोहोरो स्पष्टीकरण सोधिएको छ ।

काठमाडौं बुद्धनगरमा रहेको उक्त ठेकेदार कम्पनीलाई प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई भैंसेपाटी र गजुरी, धादिङले गरेको सिफारिसका आधारमा चन्द्रसूर्यलाई कालोसूचीमा राख्न स्पष्टीकरण सोधिएको हो ।

यस्तै, स्पष्टीकरण सोधिनेमा अधिकांश सडक आयोजना अलपत्र पार्ने ठेकेदार कम्पनी परेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार स्पष्टीकरण माग गरिएकामा इसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राइजेज, एच एन्ड जे ट्रेडर्स, जिसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन छन् ।

त्यस्तैगरी, ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन, कुशभ निर्माण सेवा, यूआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, देउती बज्यै निर्माण सेवा एन्ड ढुवानी सेवा, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लायर्स, भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई पनि कार्यालयले स्पष्टीकरण सोधेको छ ।

IME Life
kumari