citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर

कसलाई कुन विभाग ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल राष्ट्र बैंकले ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको जनाएको छ ।

सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् । वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल बैंक सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

यसैगरी, मानव संशाधन विभागका प्रमुख मुकुन्द कुमार क्षेत्री सूचना प्रविधि विभागमा सरुवा हुँदा सूचना प्रविधि विभागका प्रमुख नरेश शाक्य मानव संशाधनमा आएका छन् ।

त्यसैगरी, लघुवित्त सुपरिवेक्षण विभागमा रहेका रेवती प्रसाद नेपाल आन्तरिक लेखा विभागमा आएका छन् भने आन्तरिक लेखा विभागका प्रमुख बिमलराज खनाल लघुवित्त सुपरिवेक्षण विभागमा सरुवा भएका छन्।

IME Life
kumari