citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रत्यक्ष वैदेशिक लगानी पाँच गुणाले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक (एफडिआइ)झन्डै पाँच गुणाले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ ।

गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । चालु आवको सात महिनामा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ । गत वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो ।

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ ।

मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनासम्म २४१ परियोजनामार्फत २२ अर्ब ६८ करोड १५ लाख रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धताको तुलनामा कम विदेशी लगानी भित्रिए पनि गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाएको छ ।

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति, प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफलमा लैजानका लागि गरिने शीघ्र निर्णयले यस वर्ष विदेशी लगानी बढेको जानकारी दिनुभयो ।

कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको उहाँको भनाइ छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँ सम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । छ अर्ब रुपियाँभन्दा बढीको विदेशी लगानीको स्वीकृति लगानी बोर्डको कार्यालयले गर्छ ।

गत आव ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो  तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ ।

गत चार आवमा मुलुक भित्रिएको एफडिआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायतका कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको विज्ञहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ ।

नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ ।नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७।३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।

सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गर्दै रहेको सन्दर्भमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आगामी दिनमा अझै बढ्ने विश्वास गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

 

gold
himalayan life insurance long ad