stcnepal long ad
Himalayan bank

आज रास्वपाको केन्द्रीय समिति बैठक मध्याह्न १२ बजे बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

आजको बैठकमा प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

himalayan life insurance
igi long