stcnepal long ad
global ime bank long

आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि शेयर बजार फेरि बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

काठमाडौं । मंगलबारदेखि सञ्चालनमा आएको शेयर बजार आजदेखि पुन बन्द हुने भएको छ । दशैभरी कोरोना भाइरसका संक्रमितहरुको संख्या वृद्धि हुँदै गएका हुनाले लगानीकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि शेयर बजारको कारोबार बन्द गरिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले आर्थिक न्युजडटकमलाई जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र लेखेर सेयर कारोबार बन्द गर्न निर्देशन दिएको उनले बताए । चैत ९ गतेदेखि बन्द भएको शेयरको कारोबारकामा दैनिक २ घण्टामात्रै खुलाउने गरि बैशाख ३० गतेदेखि आंशिक रुपमा खुला गरिएको थियो ।

यहि हप्ता मंगलबार र बुधबारमात्रै खुलेको बजारमा दुवै दिन बजार घटबढमा लागू गरिएको नयाँ नियममा २ प्रतिशतमा झारेर कारोबार गर्दा पनि दुबै दिन बजारमा नेगेटिभ सर्किट लागेर बजार पुरा दिन कारोबार नै नगरी बन्द भएको थियो ।

 

IME Lifesidebar
kumari