citizens life insurance long ad
stcnepal long ad

सरकारले आउँदो वर्ष २० लाख नयाँ रोजगारी सिर्जना गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा सर्वसाधारणले रोजगारी गुमाएको र गुमाउने क्रम जारी रहेको बेला सरकारले आउँदो वर्ष करिब २० लाख नयाँ रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।

दुई सातापछि आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरुले २० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने जानकारी गराएका हुन्। यो संख्या चालु आर्थिक वर्षको भन्दा ६ लाखले बढी हो। सरकारले आगामी वर्षको बजेट बनाइरहेको छ।

आगामी दिनमा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेका ११ मन्त्रालय (राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमेत) ले आगामी बजेटका लागि सरकारलाई गरेको प्रस्तावमा अधिकांशले हालको भन्दा थोरै संख्याले मात्र बढी रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरेका छन्। आजको नागरिक दैनिकबाट

IME Life
kumari