सिक्लेस हाइड्रोपावरले बिओके क्यापिटल मार्केटलाई सेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । सिक्लेस हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम बिओके क्यापिटल मार्केट मार्फत हुने भएको छ ।
हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब बिओके क्यापिटलले गर्नेछ ।
हाइड्रोपावरले केही समयअघि मात्र आइपीओ जारी गरेको हो । नेप्सेमा यसको आइपीओ सूचीकृत हुन भने अझै बाँकी छ ।


























